कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
उहाँले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुख मियाँले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई साउन २० गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेश गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सचिव सैलेशराज ढुङ्गानाले बताउनुभयो ।
मुख्यमन्त्री दीर्घ बहादुर सोडारी आजै प्रदेश प्रमुख मियाँ समक्ष राजीनामा पत्र बुझाउनुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया