मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूताहरूलाई समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टीकापुर (कैलाली), २० साउन । स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा गएको थियो, त्यहाँ स्तनपानकक्ष नहुँदा बुहारीले पाँच घण्टासम्म नातिनीलाई दूध खुवाउन नपाएको वीरमाले गुनासो गरे । “काम विशेषले त्यहाँ गएका त्यहाँ थियौँ, सेवाग्राहीको चाप थियो, बच्चालाई दूध चुसाउने ठाउँ पाइएन”, उनले भने, “वरिपरिका खाजा पसलमा पनि भीड थियो, नानीले पाँच घण्टासम्म दूध खान पाइन, साह्रै पीडा भयो,” उनले दुःख पोखे ।

टीकापुरकै रिमा थापा चार महिनाको बच्चा लिएर बिहीबार बिहान टीकापुर अस्पतालमा पुगेको थियो । बच्चालाई लाइनमा बसेर उपचार गर्दा घण्टौँ लाग्यो । सयौँ बिरामीको भीड हुने अस्पतालमा स्तनपानकक्ष नभएकाले उनले पनि बच्चालाई सहज रूपमा स्तनपान गराउन सकेनन् । छेउकुना लागेर सङ्कोचपूर्वक मजेत्रोले नानीलाई दूध चुसाएको उनले बताए ।

पोषणविज्ञहरूका अनुसार शिशुलाई आमाको दूध अमृत समान हो । छ महिनासम्म निरन्तर खुवाउनुपर्छ । छ महिनापछि पनि पोषिला खानेकुरासँगै दुई वर्षसम्म आमाको दूध अनिवार्य रूपमा खुवाउनुपर्छ । स्तनपानबारे नवप्रसूताहरूलाई सिकाउने गरेको टीकापुर–८ का महिला स्वास्थ्य स्वयंसेविका मीना टमटा बताउँछन् । “हामीले शिशुलाई छ महिनाको हुँदासम्म २४ घण्टामा १० देखि १२ पटकसम्म दूध चुसाउनुपर्छ, छ महिनापछि आमाको दूधसँगै थप खानेकुरा खुवाउन सिकाउने गरेका छौँ”, उनी भन्छन्, । शिशुलाई स्तनपान नगराउँदा स्वास्थ्य कमजोर हुनुका साथै विभिन्न रोग लाग्न सक्छन् ।

सत्ती सहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक हिमाल सारुमगर स्वास्थ्य संस्थामा स्तनपानकक्ष नभएकाले आमाहरूलाई कठिनाइ भइरहेको बताउँछन् । स्तनपान गराउने आमालाई सहज वातावरण चाहिन्छ । कार्यालय, सङ्घसंस्था वा घर सबै ठाउँमा आमाले सहज रूपमा दूध चुसाउने स्थान बनाउनुपर्नेमा उनको जोड छ ।

टीकापुर नगरपालिका कार्यालय र विजयनगर सहरी स्वास्थ्य केन्द्र गरी दुई ठाउँमा स्तनपानकक्ष निर्माण छन् । यी स्तनपानकक्ष पनि फाट्टफुट्टमात्र प्रयोग हुने गरेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बताउँछन् । “स्वास्थ्य संस्थामात्र होइन, सेवाग्राही आउने हरेक कार्यालयमा स्तनपानकक्ष आवश्यक छ”, उनले भने ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले पुराना भवनमा स्तनपानकक्ष नभए पनि अब बन्ने भवनमा स्तनपानकक्षको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार