असार २१, २०८२ शनिबार July 5, 2025

मङ्किपक्स सङ्क्रमण अत्यधिक मात्रामा वृद्धि भएको अफ्रिकी चिकित्सकको भनाइ

कङ्गोमा मङ्कीपक्स सङ्क्रमित ८५ प्रतिशत व्यक्तिको मृत्यु भएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यस वर्षसम्म  मङ्किपक्स मामिलाहरू १६० प्रतिशतले बढेको अफ्रिकाका विभिन्न अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् ।

मङ्किपक्स  भाइरसको कारणले सर्ने र मानिस तथा जनावरहरूमा देखापर्ने सङ्क्रामक रोग हो । यो रोग लागेमा ज्वरो आउने, लसिका ग्रन्थीहरू सुन्निने, छालामा फोका देखापर्ने, र पाप्रा लाग्नेजस्ता लक्षणहरू देखिन्छन् ।

यो भाइरसको सङ्क्रमण कङ्गोसहित १० अफ्रिकी देशहरूमा फेला परेको अफ्रिकी रोगथाम तथा नियन्त्रण केन्द्रले बुधबार जारी गरेको प्रतिवेदनमा भनिएको छ ।

कङ्गोमा लगभग ७० प्रतिशत सङ्क्रमणहरू १५ वर्ष भन्दा कम उमेरका बालबालिकामा छन् । कङ्गोमा मङ्कीपक्स सङ्क्रमित ८५ प्रतिशत व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

यस वर्ष अहिलेसम्म १४ हजार २५० सङ्क्रमित भेटिएको अनुमान गरिएको छ । बुरुन्डी र रुवान्डा दुबै देशमा यस हप्ता पहिलो पटक भाइरस फेला परेको पुष्टि गरिएको छ ।

यस हप्ता केन्या र मध्य अफ्रिकी गणतन्त्रमा पनि नयाँ प्रकोपहरूको घोषणा गरिएको थियो ।

मध्य अफ्रिकी गणतन्त्रका जनस्वास्थ्य मन्त्री पियरे सोम्सेले सोमबार भन्नुभयो, “हामी मन्कीपक्सका घटनाहरूका बारेमा धेरै चिन्तित छौँ, यसले राजधानी क्षेत्रलाई प्रभावित गरिरहेको छ ।”

पूर्वी कङ्गोमा अक्टोबरदेखि जनवरीसम्म अस्पतालमा भर्ना भएका बिरामीहरूको मूल्याङ्कनबाट भाइरसमा भर्खरै भएको आनुवांशिक उत्परिवर्तनहरू मानिसहरूमा निरन्तर फैलिएको कारण भएको निश्कर्ष निकालिएको छ ।

‘डक्टर्स विदाउट बोर्डर्स’ले विस्तार भइरहेको एमपक्स प्रकोपलाई चिन्ताजनक भनेको छ । यो रोग रूवान्डासँगको सिमाना साझा गर्ने कङ्गोको उत्तरी किभु क्षेत्रमा विस्थापित व्यक्तिहरूको शिविरमा पनि देखिएको थियो ।

कङ्गोका लागि समूहका मेडिकल डाइरेक्टर डा लुइस मासिङले यो रोग मानव जीवनका लागि वास्तविक जोखिम रहेको बताउनुभएको छ र देशमा सकेसम्म छिट्टै खोपहरूको व्यवस्थाका लागि विश्व समुदायसँग आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार