श्रावण २, २०८२ शुक्रबार July 18, 2025

घरघरमा पुगेर सेवा दिँदै सामुदायिक अस्पताल

स्वास्थ्य उपचारमा लागेको औषधि, उपचार प्रक्रिया, जनशक्ति र सेवा दिन लागेको दूरीको आधारमा शुल्क निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुन्दरबजार (लमजुङ), २१ साउन : लमजुङको सुन्दरबजार नगरपालिकामा रहेको छ एचडिसियस नमूना सामुदायिक अस्पतालले नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरू गरेको छ ।

प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म घरमै पुगेर स्वास्थ्य सेवा दिइने र यसका लागि सम्बन्धित बिरामीले अस्पताल प्रशासनसँग सम्पर्क गरी समस्याबारे जानकारी टिपाउनुपर्ने व्यवस्था रहेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, शल्यक्रिया गरेर घरमा आराम गरिरहेका, दिर्घ रोगीलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालले प्यारामेडिक्स र नर्सिङसहितको टोलीलाई घरघरमा पठाएर विशेष गरी सुगर, ब्लडप्रेसर, ज्वरोसम्बन्धी परीक्षण, ल्याब परीक्षणको लागि नमूना सङ्कलन, औषधि पु¥याउने र स्वास्थ्यसम्बन्धी परामर्श दिने गरेको छ । यसबापत बिरामीको स्वास्थ्य उपचारमा लागेको औषधि, उपचार प्रक्रिया, जनशक्ति र सेवा दिन लागेको दूरीको आधारमा शुल्क निर्धारण गरिएको अस्पताल प्रशासनले जनाएको छ । सुरुआती अवस्थामा सुन्दरबजार नगरपालिका वडा नं ६, ७, ८ र ९, भानु नगरपालिका वडा नं ११ मा हाल सेवा प्रदान गरिँदै आएको छ ।

यस्तै सुन्दरबजार नगरका वडा नं ७ पाउँदी र वडा नं ९ फुलबारीमा सामुदायिक अस्पतालले हप्ताको १ दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर अधिकारीले जानकारी दिनुभयो । अधिकारीकानुसार दोर्दी गाउँपालिकाको नौथर शेरामा टेलिमेडिसिनमार्फत प्रत्येक हप्ताको एक दिन निःशुल्क सेवा अस्पतालले दिँदै आएको छ ।
आकस्मिक तथा सुत्केरी, अस्पतालमै भर्ना हुनुपर्नेबाहेक बिरामीको लागि यो सेवाले सहज बनाएको अस्पतालले विश्वास लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
२०८२ श्रावण २, शुक्रबार
म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रो पटक थप
२०८२ श्रावण २, शुक्रबार