श्रावण २८, २०८३ बिहिबार August 13, 2026

अन्तरङ्गसहित विविध सेवा विस्तार गर्दै गेटा अस्पताल

भदौको पहिलो साताभित्र सेवा सञ्चालन गर्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । गोदावरी नगरपालिका–५ गेटास्थित गेटा अस्पतालले अन्तरङ्गसहित विविध सेवा विस्तारको तयारी प्रायः पूरा गरेको छ । गत वर्षदेखि वरिरङ्ग सेवा सुरु गरेको सो अस्पतालले चालु आर्थिक आगामी भदौदेखि विविध सेवा विस्तारको तयारी गरेको हो ।

अस्पतालले सुदूरपश्चिममै पहिलो पटक ‘मेमोग्राफी’ सेवा सुरु गर्न लागेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।

“मेमोग्राफी सेवाका लागि आइसकेको छ । जडान पनि भइसकेको छ । भदौको पहिलो साताभित्र सेवा सञ्चालन गर्ने लक्ष्य छ”,उनले भने। स्तन क्यान्सर निक्र्यौल गर्न यो यन्त्र प्रयोग गरिन्छ । यो सेवा सुदूरपश्चिममा अन्त कुनै ठाउँमा छैन । ”

आगामी महिनादेखि अस्पतालले बिरामीलाई अस्पतालमा नै राखेर उपचार गर्ने उनले जानकारी दिए । उनले भने,“अब इन्डोर सेवा पनि सञ्चालन गर्नेछौँ ५० शय्याको स्वीकृति पाएका छौँ।”

भदौ पहिलो सातादेखि २४ सैँ घण्टा आकस्मिक तथा सामान्य शल्यक्रिया सेवा पनि प्रवाह गरिने अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी बताए । कार्डियोग्राफी सेवा पनि सञ्चालन हुने उनले बताए । अस्पतालमा १० जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी ६५ जना सेवारत छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार
नेपालगन्जका २५ अस्पतालमा विपन्नका लागि ९४ शय्या निःशुल्क
२०८३ श्रावण २८, बिहिबार