असार २४, २०८२ मंगलबार July 8, 2025

राप्रपाको केन्द्रीय समिति, कार्यसम्पादन समिति र आमन्त्रित सदस्यको विस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र आमन्त्रित सदस्यको विस्तार गरेको छ ।पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम त्रयअध्यक्षको सहमतिमा विस्तार गरिएको जनाइएको छ ।

त्रयअध्यक्ष पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिमा ३३७, केन्द्रीय कार्यसम्पादन समितिमा ८२ र केन्द्रीय कार्यसम्पादन समितिमा ११ आमन्त्रित सदस्य रहने छन् ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिमा पदेन सदस्यका रुपमा रहने व्यवस्था छ । पार्टीले विश्वबन्धु थापाका अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समितिसमेत गठन गरेको जनाइएको छ ।

यसैगरी १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन भएको छ । उक्त समितिका सदस्यमा राणा, लोहनी, थापा, दीपक बोहरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङ्देन, भास्कर भद्रा र सुशीलकुमार श्रेष्ठ रहनुभएको छ । यसैगरी विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, ठाकुरप्रसाद शर्मा र श्याम तिमल्सिना पनि सो समितिमा रहेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार