मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

लम्पीस्किन बिरुद्ध खोप अभियान शुरु

६ हजार गाई, गोरु र भैंसीलाई खोप दिइने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रामेछाप जिल्लामा आजबाट पशुमा लाग्ने घातक रोग लम्पीस्किन बिरुद्धको खोप अभियान शुरु भएको छ ।

अभियान अन्तर्गत जिल्लाभरिका ६ हजार गाई, गोरु र भैंसीलाई खोप दिइने पशु सेवा केन्द्र रामेछापले जनाएको छ ।

गत बर्ष लम्पीस्किन रोग रामेछाप जिल्लामा महामारीको रुपमा फैलिको थियो । यस बर्ष भने रोग लाग्नु अगाडि नै रोग लाग्न नदिनका लागि खोप अभियान शुरु गरिएको हो ।

खोप अभियानको शुरुवात मन्थली नगरपालिकाको महालक्ष्मि कृषि तथा पशुपालन फर्मबाट गरिएको छ । जिल्लाको ८ वटै स्थानीय तहमा खोप कार्यक्रमलाई अभियानका रुपमा संचालन गरिने पशु सेवा कार्यालय रामेछापका प्रमुख प्रकाश थापाले बताउनु भयो ।

जिल्लामा करिव १ लाख बढी पशु रहेको कार्यालयले जनाएको छ । तर अहिले भ्याक्सीनको सिमितताले गर्दा ६ हजार पशुलाई मात्र खोप दिन लागिएको छ । लम्पीस्किन रोगका कारण गत बर्ष धेरै पशु मर्नुका साथै हजारौं पशु बिरामी परेकाले अहिले मन्थली नगरपालिकामा खोप अभियान शुरु गरिएको मन्थली नगरपालिकाका पशु प्राविधिक रोहणी चापागाईंले बताउनु भयो ।

रामेछाप जिल्लामा अघिल्लो बर्ष २९ हजार पशु लम्पिस्किन कारण बिरामी परेका थिए ।

शुक्रबारबाट शुरु गरिएको सप्ताहव्यापी अभियान साउन ३२ गते सम्म चल्ने पशु सेवा कार्यालय रामेछापले जनाएको छ ।

जिल्लाका सवै स्थानीय तहहरुले पशु प्राविधिकमार्फत अहिले खोप अभियान संचालन गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार