काठमाण्डौंः प्रधानमन्त्री केपी ओलीले अस्पताल भर्ना भएका ‘इनफ इज इनफ’ अभियन्तालाई भेटेका छन्। प्रधानमन्त्री ओलीले आज ह्याम्स अस्पताल पुगेर ‘इनफ इज इनफ’का अभियान्ताको स्वास्थ्यावस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
ओलीले उनीहरुलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचार खर्चलाई सरकारले पारदर्शी बनाउने प्रतिवद्धता जनाउँदै अनशन तोड्न आग्रह गरेका छन्। अनसन गरिरहन नपर्ने गरी सरकारको ध्यानाकर्षण भएको प्रधानमन्त्रीले बताएका थिए।
पाटन दरबार स्क्वायरमा गत सातादेखि अनशन बसेका युवाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनीहरु अस्पताल भर्ना भए लगत्तै प्रधानमन्त्री ओली उनीहरुलाई भेट्न पुगेका हुन्। भेटमा प्रधानमन्त्रीले सरकार कोभिड–१९ नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको उल्लेख गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया