श्रावण २८, २०८३ बिहिबार August 13, 2026

गोरखामा ७३ जनामा डेंगुको संक्रमण

सबैभन्दा बढी गोरखा नगरपालिकामा ४२ जना डेंगु संक्रमित भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा । गोरखामा आजसम्म ७३ जनामा डेंगुको संक्रमण देखिएको छ । सबैभन्दा बढी गोरखा नगरपालिकामा ४२ जना डेंगु संक्रमित भेटिएका हुन् ।

पालुङटार नगरपालिकामा १८ र आरुघाट गाउँपालिकामा १०, अजिरकोट, गण्डकी र वारपाक सुलिकोटको १/१ जनामा डेंगुको संक्रमण देखिएको छ ।

डेंगुको सङ्क्रमण देखिएपछि डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई स्थानीय स्तर सम्म पुर्‍याउने  प्रकोपजन्य अवस्थामा बहुपक्षीय निकायहरू बिच समन्वयात्मक बैठकले निर्णय गरेको छ ।

सरकारी प्रयोगशालामा निःशुल्क परीक्षणको व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गर्ने र प्राइभेट प्रयोगशालाहरूमा बढीमा ६०० को दरले परिक्षण शुल्क लिने व्यवस्था कार्यान्वयन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

महामारी फैलिई जनधनको क्षति हुन जाने अवस्थालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय गोरखाले स्थानीय सरकारहरूसँग समन्वय गरी र्यापिड  रेस्पोन्स टिम तयारी अवस्थामा राख्ने, स्थानीय सरकारहरूले महामारी तथा प्रकोप जन्य अवस्थामा आवश्यक पर्ने औषधी तथा औषधीजन्य सामग्रीहरु खरिद गरी अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामा राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार
नेपालगन्जका २५ अस्पतालमा विपन्नका लागि ९४ शय्या निःशुल्क
२०८३ श्रावण २८, बिहिबार