असार २४, २०८२ मंगलबार July 8, 2025

सुर्खेतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि आजदेखि बन्दाबन्दी पुनः कडाइ गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः बन्दाबन्दी (लकडाउन) खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा आजदेखि पुनः कडाइ गरिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले बन्दाबन्दीलाई पुनः कडाइ गर्ने निर्णय गरेको हो । बन्दाबन्दी खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्रनगरमा चहलपहल निकै बढेको थियो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबारदेखि पसलहरू खुला गर्ने समय तथा सवारीसाधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । बैठकले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल व्यवसाय खोल्न पाइने, अटो रिक्सालगायतका तीन पाङ्गे्र सवारी साधनमा रोक लगाइने, जोरबिजोर प्रणालीअनुसार मात्रै सवारीसाधन सञ्चालन गर्न पाइनेलगायतका निर्णयहरु गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी गरेको थियो । लामो समय बन्दाबन्दी हुँदा जनजीवन प्रभावित भएको, सर्वसाधारणमा असन्तुष्टि बढेको र उल्लङ्घन हुन थालेको भन्दै सरकारले यही असार १ गतेबाट लकडाउनलाई खुकुलो बनाएको थियो । जिल्लाको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले अवस्था हेरी लकडाउनलाई कडाइ वा खुकुलो गर्नसक्ने भनिएका कारण सुर्खेत प्रशासनले जोखिमलाई मध्यनजर गरी कडाइ गर्ने नीति लिएको हो ।

सुर्खेतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या ३५४ पुगेको छ । त्यस्तै, ट्राभल हिस्ट्री नभएका समुदायस्तरका २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । प्रदेशको सङ्क्रमण धेरै हुने जिल्लामा सुर्खेत दोस्रोमा पर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार