काठमाण्डौंः राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा विदाई भेट गरेका छन् ।
त्यस अवसरमा नेपाल र अस्ट्रेलियाबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यस्तै राष्ट्रपतिले राजदुत जेन भोल्कलाई आफ्नो कार्यकाल सफलता पूवर्क सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया