कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

मुलुकको आर्थिक आयआर्जन बढाउने काम गर्नुपर्नेमा जोड : मुख्यमन्त्री कार्की

प्रदेशलाई समृद्ध बनाउने योजनाका साथ काम गर्न आवश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धरान (सुनसरी) साउन २८ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको आर्थिक आयआर्जन बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

धरान उपमहानगरपालिका-१३ स्थित देवीमार्गदेखि वडा नम्बर २० चिण्डेडाँडा जोड्ने सर्दु खोलाको आज पुल उद्घाटन गर्दै उहाँले प्रदेशलाई समृद्ध बनाउने योजनाका साथ काम गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले धरानमा भारतीय पर्यटक बढाउन सकिने प्रशस्त सम्भावना भएको उल्लेख गर्दै पूर्वाधार निर्माणमा प्रदेश सरकारले जोड दिने बताउनुभयो । “धरान बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले महत्त्वपूर्ण छ, यहाँ भारतीय पर्यटक बढाउन सकिने सम्भावना छ”, उहाँले भन्नुभयो । त्यस अवसरमा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ र रमेशकुमार बस्नेत तथा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार शाहलगायतको उपस्थिति थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया