काठमण्डाैंः गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ६३ पुगेको छ।
प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
शुक्रबार बिहान स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद बिन्दु शर्माद्धारा जारी प्रेस विज्ञप्तिमा पुष्टी गरेका छन् ।
शुक्रवार बिहान पुष्टि भएका मध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) का मात्र १९ जना संक्रमित छन् । त्यस्तै तनहुँमा नौ जना, पर्वतमा तीन र बागलुङमा एकजनामा संक्रमित देखिएका हुन् । सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
गण्डकी प्रदेशमा १ एक हजार ६३ जनामा कोरोना पुष्टि भएको छ। यहाँ २ जनाको मृत्यु पनि भएको छ ।
थप जानकारीको लागि हेर्नुस् प्रेस विज्ञप्तिः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया