मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सरकारी अस्पतालमा रहेका स्वास्थ्यकर्मीलाई विज्ञापनमा रोक

सरकारी नियुक्ति लिएका चिकित्सक, कर्मचारीहरूले आफ्नो नाम, पदम तथा एनओसी नम्बर नीजि क्लिनिकमा प्रयोग गर्न नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालको नाम र पद प्रयोग नगर्ने गरी चिकित्सक तथा सबै स्वास्थ्य कर्मचारीहरूलाई आदेश दिएको छ ।  स्वास्थ्य मन्त्रालयको साउन २८ को मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्दै सरकारी नियुक्ति लिएका चिकित्सक, कर्मचारीहरूले आफ्नो नाम, पदम तथा एनओसी नम्बर नीजि क्लिनिकमा प्रयोग गर्न नपाउने नियम बनाएको हो ।

प्रदेशका स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले आफू कार्यरत सरकारी अस्पतालको नाम र पद प्रयोग गरी नीजि स्वास्थ्य संस्थाको ओ. पि. डि टिकट, साइन बोर्ड, आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गर्ने गरेको पाइएकाले त्यसलाई रोक्न यस्तो निर्णय गरिएको बताउनुभयो  ।

उहाँले अब त्यस्तो क्रियाकलापहरू नगर्न नगराउन र गरेको भए हटाउने व्यवस्था मिलाउन आफू मातहतका सम्पूर्ण कर्मचारीहरूलाई जानकारी गराई कडाइका साथ यो निर्णय पालना गराउन को लागि सबै अस्पताललाई पत्र पठाइएको जानकारी दिनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई स्वास्थ्य मन्त्रालयले नियमको पूर्ण पालन गर्न भन्दै साउन २८ गते पत्र नै पठाएको छ । प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले धेरै स्वास्थ्यकर्मी कमाउने चाहनामा सुगममै बसेर दुर्गममा ध्यान नदिएको र अस्वस्थ प्रतिस्पर्धा पनि बढेकाले यसो गरेको बताउनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार