असार २४, २०८२ मंगलबार July 8, 2025

नुवाकोटमा कोरोना संक्रमितको संख्या २४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नुवाकोटका थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले आज बिहान विज्ञप्तिमार्फत ४२ वर्षीय एक पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा त्रिशूली अस्पतालमा उपचाररत ती व्यक्तिको रिपोर्ट पोजिटिभ देखिएको कार्यालयले विज्ञप्ती मार्फत जनाएको छ । हाल आइसोलेसनमा राखेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिइएको छ ।

यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ। संक्रमितमध्ये आठ जनाको त्रिशूली अस्पतालमा र एक जनाको खरानिटार अस्पतालमा उपाचर भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा भेटिएका संक्रमितमध्ये १५ जना उपचारपछि निको भई घर फर्किसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया