असार २४, २०८२ मंगलबार July 8, 2025

एआइजीकाे रिक्त हुने दुई पद मध्ये एकमा डीआइजी विश्वराजकाे पक्कापक्की ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अब ६ दिनपछि २०७७ असार २४  गतेबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन् । उनीसँगै उनकै ब्याची अतिरिक्त महानिरीक्षक तारणी प्रसाद लम्सालले पनि अवकाश पाउनेछन् ।

महानिरीक्षक ज्ञवाली र अतिरिक्त महानिरीक्षक तारणी प्रसाद लम्सालले अवकाश पाएपछि अतिरिक्त प्रहरी महानिरीक्षकद्वय शैलेश थापा क्षेत्री र हरि पाल मध्ये एकजनाले नेपाल प्रहरीको २०७९ बैशाख १७ गते लगभग २२ महिनासम्म नेतृत्व गर्नेछन् । अतिरिक्त प्रहरी महानिरीक्षक क्षेत्री र पाल दुबै जनाले नेपाल प्रहरीकाे नेतृत्वका लागि दावी गरिरहेका छन् ।

अतिरिक्त प्रहरी महानिरीक्षक क्षेत्री र  पाल मध्ये कसकाे दावी पुग्ने हाे र  कसले बाजी मार्ने हुन् ? अहिलेसम्म यसै भन्न सकिने अवस्था छैन ।  त्यसपछि नेपाल प्रहरीको नेतृत्व अहिलेका प्रहरी नायब महानिरीक्षक (डीआइजीपी)हरु निरज शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल ३ जना मध्ये दुई जनाले मात्रै  योपटक एआइजीपी हुने अवसर पाउने छन् ।

२०७७ असार २४ गतेबाट महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्सालले अवकाश पाएपछि नेपाल प्रहरीमा दुई जना अतिरिक्त महानिरीक्षकको  रिक्त दुई पदमा नायब महानिरीक्षकत्रय निरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेलमध्येका दुई जनाको बढुवा हुने छ ।

अहिले महानगरीय प्रहरी आयुक्तको नेतृत्व सम्हालिराखेका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलको अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा हुने लगभग निश्चित मानिएको गृह मन्त्रालय स्राेत बताउँछ ।

 यी तीन प्रहरी नायब महानिरीक्षक अतिरिक्त महानिरीक्षकमा बढुवा हुने दुई जनामध्ये एकजनाले नै २०७९ साल बैशाख १७ गते अवकाश लिने महानिरीक्षकको उत्तराधिकारी हुने अवसर प्राप्त गर्नेछन् । २०७९ साल बैशाख १७ गतेपछि नेपाल प्रहरीको नेतृत्वमा पुग्ने महानिरीक्षकले नै आगामी २०७९ सालमा सम्पन्न हुने स्थानीय र आम निर्वाचनमा शान्ति सुरक्षाको नेतृत्व गर्नेछन् । साँघुबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया