असार २२, २०८२ आइतबार July 6, 2025

ट्रम्पको सम्पत्ति कति छ ?

ट्रम्पसँग एक मिलियन डलर र पाँच मिलियन डलरको बीचको इथरियमको स्वामित्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति सार्वजनिक भएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार रहेका ट्रम्पले चुनावी प्रयोजनका लागि आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेका हुन् ।

ट्रम्पले सार्बजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग गल्फ कोर्सदेखि रियल इस्टेटका सम्पत्तिहरू रहेको देखिएको छ । जसमा एक मिलियन भन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी र साढे २ लाख डलर मूल्यको सुन रहेको छ । ट्रम्पले दुई सय भन्दा बढी पृष्ठहरूमा आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेका छन् ।

त्यस्तै ट्रम्पसँग एक मिलियन डलर र पाँच मिलियन डलरको बीचको इथरियमको स्वामित्व छ ।

त्यस्तै ट्रम्पको आफ्नै सोशल मिडिया प्लेटफर्म छ । यसलाई ट्रुथ सोसियल भनिन्छ, जुन गत मार्चमा सार्वजनिक भएको थियो । उनीसँग ११४ मिलियन भन्दा बढी शेयरहरू छन्, जसको प्रति शेयर मुल्य २३ डलर रहेको छ । अर्थात् हालको शेयर मूल्य दुई अर्ब डलरभन्दा बढी छ । यद्यपि, ट्रम्पले लकअप सम्झौताको कारण यी शेयरहरू बेच्न भने सक्दैनन् ।

त्यस्तै ट्रम्पले ग्रीनवुड बाइबलको बिक्रीबाट ३ लाख डलर, त्यस्तै लेटर्स टू ट्रम्प बेचेर ४.४ मिलियन डलर, ए मेगा जर्नी यात्राबाट ५ लाख डलर कमाएको उल्लेख छ । त्यस्तै उनले द आर्ट अफ द डिलसहित धेरै पुस्तकहरूबाट रोयल्टीहरू प्राप्त गर्न जारी राखेका छन् ।

त्यस्तै ट्रम्पको न्यू जर्सीमा बेडमिन्स्टर गल्फ कोर्सले ३७ मिलियन डलर कमाएको छ भने फ्लोरिडामा रहेको उनको जुपिटर गल्फ कोर्सले ३१ मिलियन कमाएको उल्लेख छ । स्कटल्याण्डमा रहेको उनको टर्नबेरी गल्फ कोर्सले ३३.५ मिलियन डलर कमाएको रिपोर्टमा उल्लेख छ । त्यस्तै उनको फ्लोरिडामा प्रमुख रिसोर्ट मार-ए-लागोले ५६ मिलियन डलरभन्दा बढी कमाएको बताएका छन् ।

त्यसैगरी ट्रम्पले स्क्रिन एक्टर्स गिल्डबाट बार्षिक ९० हजार डलर पेन्सन प्राप्त गर्दन् भने एमएफटी र आईएनटीबाट लाइसेन्स शुल्कमा ७.१५ मिलियन कमाएको उल्लेख छ । त्यस्तै उनकी श्रीमती मेलानिया ट्रम्पले एनएफटी बेचेर ३ लाख ३० हजार डलर कमाएकी छिन् ।

यस बाहेक ट्रम्पले दुबईबाट ३० लाख डलर र ओमानबाट २० लाख डलर सहित विश्वभर लगानी गरेको उल्लेख छ ।

त्यस्तै ट्रम्पले आफ्नो विवरणमा ऋण रहेको समेत उल्लेख गरेका छन् । उनको जीन क्यारोललाई एक मिलियन देखि ५ मिलियन डलर र न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयमा  ५० मिलियनभन्दा बढी ऋणी छन् । यी ऋणहरू कानुनी निर्णयहरू र व्यापार ठगी र यौन उत्पीडनका मुद्दाहरूसँग सम्बन्धित जारी अपीलहरूबाट उत्पन्न भएका ऋण रहेको उल्लेख छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार