असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्छः मुख्यमन्त्री सिंह

दुई देशबीचको जनस्तरमा कायम सामाजिक/सांस्कृतिक सम्बन्धलाई सीमा र राजनीतिक कारणले नछेक्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल र भारतबीचको सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन युवाले भूमिका खेल्नुपर्ने बताएका छन्।

जनकपुरधाममा आज नेपाल फाउण्डेशनले आयोजना गरेको ‘नेपाल भारत सम्बन्धमा युवाको भूमिका’ विषयक कार्यशालामा उनले राजनीतिक रूपमा दुई देशबीचको सम्बन्धमा उतार चढाव आए पनि सामाजिक र सांस्कृतिक सम्बन्धले त्यसलाई अटुट राख्ने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री सिंहले दुई देशबीचको जनस्तरमा कायम सामाजिक/सांस्कृतिक सम्बन्धलाई सीमा र राजनीतिक कारणले नछेक्ने भन्दै यसलाई थप सुदृढ तथा सकारात्मक बनाउन युवा वर्गले भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए।

शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक हिसाबले नेपाल-भारतबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार