काठमाडौंः यातायात व्यवसायीले भोली आईतबारबाट सार्वजनिक यातायात चलाउने भन्ने समाचारमा कुनै सत्यता नरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले शनिवार विज्ञप्ती जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आएजस्तो सार्वजनिक यातायात सन्चालन सम्बन्धि महासंघबाट कुनै निर्णय नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सञ्चारमाध्याम मार्फत यहि असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आएपनि महासङ्घले यसबारे कुनै निर्णय नगरेको जनाएका छन् ।
महासङ्घले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र सम्वाद गरिरहेको उल्लेख गर्दै उनले नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासङ्घले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्ने उल्लेख गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया