असार २४, २०८२ मंगलबार July 8, 2025

गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने काँग्रेस सांसदले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाली काँग्रेसका तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यले बन्दाबन्दी अवधिको यातायात खर्च नलिने भएका छन् ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७४ को दफा ७ को उपदफा ५ र अनुसूची १ ले सवारी सुविधा उपलब्ध नगराइएको सदस्यलाई प्रदेशसभाको वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिएको प्रत्येक दिनको निमित्त यातायात सुविधा बापत रु ७५० को व्यवस्था गरेको छ ।

बन्दाबन्दी अवधिमा सार्वजनिक यातायात नचलेको हुँदा बैठकमा आउँदा(जाँदा भाडाका सवारीसाधन प्रयोग नभएका कारण सार्वजनिक सवारीसाधन चल्ने व्यवस्था नभएसम्म उक्त भत्ता नलिने निर्णय गरिएको संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले बताए ।

कानूनीरुपमा लिन मिले पनि नैतिकरुपमा सुविधा लिन अनुचित हुने संसदीय दलको सर्वसम्मत निर्णयअनुसार यस अवधिमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सदस्यले उक्त भत्ता नलिने उनले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार