जेठ ७, २०८२ बुधबार May 21, 2025

किशोरको मृत्युपछी सप्तरीको हनुमाननगर तनावग्रस्त – प्रहरी कार्यालय अगाडी टायर बालेर प्रर्दशन

विहानै देखी ठाउँ-ठाउँमा टायर बालेर प्रर्दशन, बीच सडक मै बेन्च र खाट राखेर चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्समाथी आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ योगिनीयामा वसको ठक्करबाट अघिल्लो दिन विहीवार साँझ एक किशोरको मृत्यु भएपछि हनुमाननगर बजार शुक्रवार विहानैबाट तनावग्रस्त बनेको छ ।

विहीवार साँझ भारदह–राजविराज सडक खण्डको जोगिनीयामा विराटनरबाट राजविराज तर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट तिब्र गतीमा आउदै गरेको को १ ख ४०४६ नम्बरको एस के डिलक्स नामक यात्रु बाहक वसले पछाडीबाट ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल चालक हनुमाननगर कंकालिनी नगरपालिका ७ का १७ वर्षिय ध्रुव मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भिर घाईते भएका थिए । उनलाई तत्कालै प्रहरीद्वारा उपचारका लागी सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिह अस्पताल ल्याउदा डाक्टरले मृत घोषणा गरेको थियो ।

प्रहरीले गाडी र चालक राजविराज नगरपालिका ८ निवासी रमेश कुमार राउतलाई नियन्त्रणमा लिएको छ । चालकमाथी सवारी ज्यान मुदा अन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।

“चालकलाई हामीले नियन्त्रणमा लिएका छौ, मण्डलको शव पोस्टमार्टमका लागी गजेन्द्र नारायण सिंह अस्पतालको शवगृहमा राखीएको छ ,जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले भने–चालकलाई कानुनमा व्यवस्था भए बमोजिम कारवाही हुुन्छ ।”

उनका अनुसाार मण्डललाई ठक्कर दिएपछी तत्कालै अस्पताल पु¥याईएकोमा चिकित्सकले मृत घोषित गरेको थियो । घटनापछी आक्रोशित आफन्तजन र स्थानीयवासीयले विहीवार साँझ पनि इलाका प्रहरी कार्यालय अगाडी टायर बालेर प्रर्दशन गरेका थिए । प्रर्दशनलाई शुक्रवार पनि निरन्तरता दिदै स्थानीयले विहानै देखी बजार क्षेत्रमा टायर बालेर प्रर्दशन, बीच सडक मै बेन्च र खाट राखेर चक्काजाम तथा बजार बन्द गराएका छन ।

प्रर्दशनमा पुर्व सासद अशोक कुमार मण्डल“अमर”, वडाअध्यक्ष, आफन्तका साथै ठूलो संख्यामा सर्वसाधारण सहभागी भए । स्थानीयले बसको ठक्करबाट मण्डलको घटनास्थल मै मृत्यु भएको दाबीका साथ प्रहरले सर्जमिन मुचुल्का प्रक्रिया पुरा नगरी मण्डलको शव घटनास्थलबाट हतार हतारमा लगेको आरोप लगाएका छन ।

उनीहरुले घटनाको छानवीन, दोषीलाई कारवाही तथा मृतक परिवारलाई उचित क्षतीपुर्ती दिनु पर्ने लगायतका माग अघि सारेका छन । आक्रोशित स्थानीयवासीले प्रहरी कार्यालय हनुमाननगर अगाडी पनि उग्र प्रर्दशन गरेका छन । प्रहरीले मण्डलको घटनास्थलमा मृत्यु न भएको र गम्भिर अवस्थामा रहेका उनलाई पहिला उपचारस्थलमा पु¥याई बचाउनु पर्ने भएकोले अस्पताल लगिएको दाबी गरेको छ । तनाव बढदै गएपछी ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको तथा प्रर्दशनकारीलाई सम्झ्याई बुझाई वार्ताको माध्यमबाट समाधानको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यता बन्दको नाममा प्रर्दशनकारीले एम्बुलेन्समा तोडफोड र चालकमामाथी आक्रमण गरी घाइते बनाएको भन्दै एम्बुलेन्स चालकहरु पनि आन्दोलित भएका छन ।

शुक्रवार राजविराज–हनुमाननगर सडक खण्डको जिल्ला स्वास्थय कार्यालय अगाडी बीच सडक मै एम्बुलेन्सहरु तेस्र्याएर चक्काजाम गर्दै एम्बुलेन्स चालकहरुले प्रर्दशन गरेका छन ।

एम्बुलेन्स चालक संघ सप्तरीका अध्यक्ष सुदि लाल साहका अनुसार प्रर्दशनकारीले जनमुखी बहुउदेश्य सहकारी संस्था लि.द्वारा संचालित एम्बुलेन्समा ढुगामुढा गरी तोडफोड गर्नूका साथै चालक महिनारायण माथी कुटपीट गरेका छन ।

कुटपीटबाट घाईते भएका चालक यादवको स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचार भइरहेको छ । कुटपीट र तोडफोडमा संलग्नहरुलाइ अविलम्ब पक्राउ तथा घाइतेको उपचार व्यवस्था मिलाउन एम्बुलेन्स चालक संघले माग गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ’
२०८२ जेठ ७, बुधबार
शिक्षा समिति बैठक : विद्यालय शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल
२०८२ जेठ ७, बुधबार
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा
२०८२ जेठ ७, बुधबार
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार