कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

आगामी तीन महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने भारतीय कम्पनिको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः विश्वमहामारी कारोना भाइरस विरुद्धको भ्याक्सिन तीन महिना भित्र प्रयोगमा ल्याउन सक्ने एक भारतीय कम्पनिले दाबी गरेको छ ।

जाइडस क्याडिला नाम गरेको भारतीय कम्पनीका प्रमुख पंकज पटेलले भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेससंगको अन्तरवार्तामा भाइरस विरुद्धको भ्याक्सिन ल्याउने बताएका छन् ।

‘जाइडस क्याडिला’ले निर्माण गरेको औषधी ‘जाइकोभ डी’लाई मानव परीक्षणका लागि केन्द्रिय मानक नियन्त्रण संगठनले स्वीकृती दिइसकेको छ । उक्त भ्याक्सिनको मानव परिक्षण अगाामी महिनामा सुरु गरिने विषय उनले बताए । कम्पनीले मार्चको सुरुवाती दिन देखि कोरोनामा पाइने एस प्रोटिनको अध्ययन र अनुसन्धान गरेको बताए ।

अनुसन्धानको क्रममा कम्पनीले चार पकारको भ्याक्सिन निर्माण गरेको र त्यस मध्ये एकको छनौट गरिएको विषयलाई उनले बताए । चार प्रकारका जनावरमाथि उक्त भ्याक्सिनलाई प्रयोग गरिएको थियो ।

जनावर प्रतिरक्षा प्रणालीमा सुधार देखिएको र भाइरसलाई मार्न सक्ने क्षमताको समेत अविवृद्वि गर्ने विषयलाई उनले प्रकाश पारे । मावन परिक्षणको तीन चरण मध्ये दुई चरण समाप्त गरी भ्याक्सिनलाई प्रयोगमा ल्याउने नभए रेगुलेटरले भने अनुसार कदम चाल्ने विश्वास प्रमुखले व्यक्त गरेका छन् ।

भ्याक्सिनले शरीरमा कुनै हानी नपुर्याएको समेत उनले जानकारी दिएका छन् । पहिलो र दास्रो चरणको परिक्षण करिब एक हजार मानिसमा गरिने जनाइएको छ । विश्व व्यापी संकट देखिएको विषयका कारण यसलाई निरन्तर डब्लूएचओको सम्पर्कमा रहेको समेत उनले बताए । यसको साकारात्मक प्रभाव देखिएपछि कम्पनीले अगामी कदमबारे जानकारी दिने बारेमा स्पष्ट पारेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार
दुग्ध विकास संस्थानमा १२ करोड १३ लाखको अनियमितता, आठ जना पक्राउ
२०८३ कार्तिक १३, शुक्रबार
कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
२०८३ कार्तिक १३, शुक्रबार
‘विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुनै समस्या छैन’
२०८३ कार्तिक १३, शुक्रबार
हर्मुजमा बारुदी सुरुङ विस्फोट, चार ट्याङ्करमा आगलागी
२०८३ कार्तिक १३, शुक्रबार
सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ कार्तिक १३, शुक्रबार