असार २२, २०८२ आइतबार July 6, 2025

युवा सकारात्मक भएर अगाडि बढ्नुपर्नेमा जोड

देशमा केही हुँदैन भनेर विदेश मात्र ताक्ने हो भने मुलुकको भविष्य नकारात्मकतातर्फ जाने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमौली (तनहुँ), ८ भदौः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देश बनाउने जिम्मेवारी युवाको भएको भन्दै युवाहरू सकारात्मक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

जेसीआई व्यास नगरको आयोजनामा आज दमौलीमा आयोजित व्यास नगर साइनिङ स्टारको फाइनल कार्यक्रममा उहाँले देश बनाउने जिम्मेवारी युवाको भएकाले देशमा केही भएन भन्नुभन्दा पनि सकारात्मक सोचसहित मेहनत गर्नुपर्ने बताउनुभयो ।

देशमा केही भएन र केही हुँदैन भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “देशमा केही हुँदैन भनेर विदेश मात्र ताक्ने हो भने मुलुकको भविष्य नकारात्मकतातर्फ जान्छ । सकारात्मक सोचका साथ देश बनाउन युवा अगाडि आउनुपर्छ ।” युवा देश विकासको संवाहक भएको चर्चा गर्दै उहाँले युवाले चाहेमा पूर्वाधार निर्माण, विकाससँगै समृद्ध मुलुक सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “ देशमा प्रशस्त सम्भावना र अवसर छन् । त्यसको सदुपयोग गर्नुपर्छ ।”

युवाहरूलाई जागरण गर्न र सक्रिय बनाउन जेसीआई स्थापित भएको भन्दै मुख्यमन्त्री पाण्डेले यसले सोहीअनुसार काम गरिरहेको बताउनुभयो । “युवाहरूमा नैराश्यता नकारात्मक सोचका कारण बढेर गएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय नेपालमा केही पनि गर्न सकिँदैन भन्ने युवाको भावना छ । त्यो सोचलाई सकारात्मकतर्फ लैजानुपर्छ । युवामा उत्साह र प्रेरणा दिने सन्दर्भमा जेसीआईको महत्त्वपूर्ण भूमिका छ ।”

गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले युवामा व्यक्तित्व र नेतृत्व विकासमा जेसीआईले सहयोग गरिरहेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बालबालिकामा रहेका प्रतिभा प्रस्फुटनका लागि साइनिङ स्टारले सघाउँदै आएको बताउनुभयो । जेसीआईका राष्ट्रिय अध्यक्ष रविन पोख्रेलले समाजमा सकारात्मक सन्देश दिँदै युवालाई उत्प्रेरणा दिने काममा जेसीआई सफल भएको बताउनुभयो ।

साइनिङ स्टारको फाइनलमा २० जना बालबालिका प्रतिस्पर्धी छन् । एक महिनासम्म विविध प्रशिक्षणपश्चात् फाइनलमा सहभागी बालबालिकामध्येबाट विजयी घोषणा गरिने जेसीआई व्यास नगरका अध्यक्ष नवीन पुरीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार