असार २२, २०८२ आइतबार July 6, 2025

जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार प्रतिवद्ध : उपप्रधानमन्त्री सिंह

कांग्रेस-एमालेबीच भएको सहमति अनुसार नै सरकार अघि बढ्ने जिकिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार प्रतिवद्ध रहेको बताएका छन्।

कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सिंहले मुलुकमा सुशासन कायम गरि आर्थिक बृद्धितर्फ अघि बढाउन ठूला दलसहितको सरकार बनेको भन्दै जनतालाई सुशासनको अनुभूति दिलाउन वर्तमान सरकार प्रतिवद्धत रहेको बताएका हुन्।

उहाले कांग्रेस-एमालेबीच भएको सहमति अनुसार नै सरकार अघि बढ्ने जिकिर गरे। उनले अहिलेको अवस्थालाई सुधार गर्न काम अघि बढाइरहेको भन्दै उपभोक्ता अधिकारका लागि पनि बलियो कानून बनाइने बताए।

त्यस्तै कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य बस्तुको सहज र सरल आपूर्तिका लागि सरकारले पहल गरिरहेपनि व्यापारीहरुले सरकारलाई सहयोग नगरेको गुनासो गरे।

उनले बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि विद्यमान कानूनलाई पनि बलियो बनाउनुपर्नेमा जोड दिए। मन्त्री भण्डारीले एक महिनाभित्रै उपभोक्ता अदालत गठन हुने जानकारी दिए। उनले चाडपर्व नजिकिँदै जादाँ कृत्रिम अभाव हुन नदिने, आन्तरिक उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्ने समेत बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार