असार १०, २०८२ मंगलबार June 24, 2025

निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगर्दा समस्या – मुख्यमन्त्री आचार्य

निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिरहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लुम्बिनी, ९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माण व्यवसायीले आफूले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको बताएका छन् । निर्माण व्यवसायीलाई समयमा जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान दिन उनले आग्रह गरे ।

राप्ती उपत्यका देउखुरीमा आयोजित नेपाल निर्माण उद्योग परिषद् लुम्बिनी प्रदेशको दोस्रो अधिवेसनको आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताए । “निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पूरा गर्ने कि नगर्ने ? अहिले आयोजनाहरु अलपत्र देखिन्छन्”, उनले भने, “काम पूरा गर्न, भुक्तानी लिन असार किन कुर्नुपर्छ ? पहिले नै काम सम्पन्न गर्न केले रोक्छ ?”

उनले सरकारले योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने नीतिगत निर्णय गरेकोसमेत जानकारी दिए ।

योजना कार्यान्वयनमा हुने चुहावट रोक्न सरकार प्रतिबद्ध रहेकाले पूर्वाधार निर्माणलाई प्रतिस्पर्धाको माध्यमबाट अघि बढाउन खोजेको स्पष्ट पारे । योजना कार्यान्वयन गर्दा सरकारले गत बर्षको दुई अर्ब १३ करोड भुक्तानी दिनुपर्ने जिम्मेवारी थपिएको तर स्रोत जुटाउने गरी सरकारले पहल लिएको भनाइ उनको छ ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले समृद्ध लुम्बिनी बनाउने अभियानमा सरकार र निर्माण व्यवसायीबीच सहकार्य गर्नुपर्ने बताइन्।

नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सदस्य अशोककुमार केसीले सरकारले खरिद नियमावलीलाई समयानकूल बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अवकाश प्राप्त सडक डिभिजन प्रमुख जयलाल मरासिनी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यलगायतले सही नीति र स्पष्ट विचारले मुलुकको विकास गर्ने भएकाले त्यसतर्फ अघि बढ्न आग्रह गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’ : उपसभामुख रानामगर
२०८२ असार १०, मंगलबार
रुसी आक्रमणमा युक्रेनमा सातजनाको मृत्यु
२०८२ असार १०, मंगलबार
सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न
२०८२ असार १०, मंगलबार
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय तह बढी जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री सिंह
२०८२ असार १०, मंगलबार
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
२०८२ असार १०, मंगलबार
“कोरोनाबाट इलामकी ३९ वर्षीया महिलाको मृत्यु, संक्रमण दर फेरि बढ्दै”
२०८२ असार १०, मंगलबार
भ्रष्टाचारीहरूको लर्कोमा बाबुरामलाई नजोड्नू : पूर्वप्रधानमन्त्री भट्टराई
२०८२ असार १०, मंगलबार