असार २३, २०८२ सोमबार July 7, 2025

नेकपा फुटे कांग्रेस र जसपासँग मिलेर सरकार बनाउन ४४ सांसद आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपाभित्रको विवादले पार्टी विभाजनतर्फ जाने खतरा बढ्दै जाँदा नयाँ प्रधानमन्त्री बनाउन संसद्को गणितीय हिसाबकिताब गर्न थालिएको छ ।

प्रधामन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको शक्ति संघर्षले पार्टी विभाजनको मोड लिएमा सो दलका सांसद कसरी बाँडिन्छन्, सरकार पनि त्यसै अनुरुपको बन्नेछ ।

तत्काल प्रधानमन्त्रीको निर्वाचन भएमा दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाका पाँच सांसदले मतदान गर्न पाउँदैनन् । प्रतिपक्ष कांग्रेसका विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम तथा जसपाका हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित अवस्थामा छन् ।

हालै कांग्रेसकी ज्ञानकुमारी छन्त्यालको निधन भएपछि २ सय ७० जना सांसदले मात्र प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्न पाउनेछन् । प्रतिनिधिसभामा तत्काल कायम सदस्यको बहुमत प्राप्त व्यक्ति प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री बन्न १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिनिधिसभामा नेकपाका १ सय ७४ सांसद छन् । पार्टी विभाजन भएमा यीमध्ये को कतातिर लाग्छ, त्यसले महत्वपूर्ण भूमिका खेल्नेछ । हाल प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका ६० सांसद र जनता समाजवादी पार्टीका ३२ सदस्य कायम छन् । नेकपा विभाजन भएमा त्यसका दुईमध्ये कुनै पनि समूहले सरकार बनाउन कांग्रेस र मधेसी दुवै दलको आवश्यकता पर्न सक्छ ।

कांग्रेस र मधेसी दललाई समेटेर सरकार बनाउने हो भने नेकपाबाट ४४ सांसद आवश्यक पर्छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया