असार २८, २०८२ शनिबार July 12, 2025

सडक दुर्घटनामा रमिते राज्य

सवारीसाधन दुर्घटना बढ्नुमा सडक विभाग, ट्राफिक प्रहरी र चालक सबैभन्दा धेरै जिम्मेवार छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ल मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउने भन्ने ठाउँमा आइतबार एउटा बस दुर्घटनामा पर्‍यो । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सु.प.०२–००१ ख १३३२ नम्बरको बस उक्त ठाउँमा दुर्घटनमा परेको थियो। दुर्घटनामा १५ यात्रु घाइते भए। ल सोही दिन मध्य पहाडी राजमार्गको सिन्धुली खण्डमा पर्ने कुडुलेबाट एउटा जिप सुनकोसी नदीमा खस्यो । जिपसहित नदीमा खसेका तीनजना सम्पर्कविहीन छन्। एकजना भने पौडिएर बाँच्न सफल भएका छन्। खोटाङको हलेसी मन्दिर दर्शन गरेर फर्किने क्रममा उक्त दुर्घटना भएको हो।

पाल्पाको तानसेन–रानीमहल सडक खण्डमा आइतबार राति नै एउटा गाडी दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा भारत उत्तर प्रदेश निवासी विकास पाठकको मृत्यु भयो । ल त्यस्तै अघिल्लो साताको सोमबार (भदौ ३ गते) पोखराको बुलौंदीमा कार दुर्घटनामा पर्‍यो। बा.५च.४२२५ नम्बरको कार दुर्घटनामा दुईजना घाइते भए। ल अघिल्लो साताकै मंगलबार (भदौ ४ गते) सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको ०२००१ ख १०११ नम्बरको गाडी दुर्घटनामा पर्‍यो। उक्त दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रसिंह कार्कीको मृत्यु भयो।

अघिल्लो साताकै शुक्रबार (भदौ ७ गते) पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय तीर्थयात्री बोकेको बस तनहुँको आँबुखैरेनि ऐनापहरा नजिकैबाट मस्र्याङ्दी नदीमा खस्यो । उक्त दुर्घटनामा २७ जना भारतीय तीर्थालुको ज्यान गयो भने १६ जना घाइते भए। यी सडक दुर्घटनाका केही उदाहरण मात्र हुन्। भदौ १ गते यता मात्रै मुलुकका विभिन्न भागमा पाँच सय हाराहारीमा सवारीसाधन दुर्घटनामा परेका छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार भदौ १ देखि १० गतेसम्म भएका सवारीसाधन दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ भने नौ सय ८३ जना घाइते भएका छन्। यसै अवधिमा देशभरि सानाठुला गरी पाँच सय २१ वटा सडक दुर्घटना भएका छन् । अघिल्लो वर्ष भदौ १ देखि १० गतेको बीचमा भएका सडक दुर्घटनामा ५८ जनाको ज्यान गएको थियो भने सात सय १२ जना घाइते भएका थिए।

दुवै तथ्यांक हेर्दा सडक दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको संख्या बढेको देखिन्छ । किन यसरी सडक दुर्घटना बढिरहेको छ ? जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष पोहोर सालको तुलनामा वर्षा धेरै भएको छ । के सडक दुर्घटनाको कारण यो मात्र हो त ? विज्ञहरू वर्षाभन्दा अरू कारण पनि सडक दुर्घटनाका लागि जिम्मेवार भएको बताउँछन्।

यो साता दैनिकजसो सडक दुर्घटनाका समाचार आइरहेका छन्। यसबाट खासगरी तल्लो वर्गका मानिस अप्ठेरोमा परेका छन्। यात्रा गर्नैपर्ने ठाउँमा जान पनि सर्वसाधारण डराउन थालेका छन्। सडक दुर्घटना बढ्दै जाँदा आर्थिक गतिविधिमा कमी आउने विज्ञहरू बताउँछन्।

विज्ञहरूका अनुसार सवारीसाधन दुर्घटना बढ्नुमा सडक विभाग, ट्राफिक प्रहरी र चालक सबैभन्दा धेरै जिम्मेवार छन् । सडक विभागले सडक सुरक्षित बनाउन नसक्नु, ट्राफिक प्रहरीले सचेतना, अनुगमन, कारबाहीलाई प्रभावकारी बनाउन नसक्नु र चालकले सवारीसाधन चलाउँदा लापरबाही गर्नु सवारी दुर्घटनाका प्रमुख कारण हुन्।

सडक दुर्घटना ह्वात्तै बढेपछि गृहमन्त्री रमेश लेखकले बुधबार सरोकारवाला सबै निकायका प्रतिनिधिलाई बोलाएर छलफल गरेका थिए । आउँदै गरेको दसैंलाई दुर्घटनारहित बनाउन उनले सरोकारवाला निकायलाई आग्रह गरेका छन् । नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार