असार ३१, २०८२ मंगलबार July 15, 2025

सातौँ महिला साफ च्याम्पियनसिप फुटबल कार्तिकमा हुने

आयोजक नेपालले पहिलो खेलमा भुटानसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालमा आगामी कार्तिक महिनामा तेस्रो पटक महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । योसँगै सातवटा संस्करणमा ३ संस्करण त नेपालमै हुने भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठकले कात्तिक १ देखि १४ गते सम्म सातौँ महिला साफ च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेपछि नेपालमा लगातार ३ पटक महिला साफ हुन लागेको हो ।

यसअघि सन् २०१९ मा विराटनगरमा महिला साफको पाँचौं संस्करण आयोजना भएको थियो । त्यत्तिबेला पहिलो पल्ट र मोफसलमा आयोजना भएको २ वर्ष पछि प्रतियोगिताको छैटौँ संस्करण आएर नेपालको दशरथ रंगशालामै आयोजना भयो ।

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोलीले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल कार्तिक २ गते हुनेछ ।

यसअघि कात्तिक १ गते हुने उद्घाटन खेलमा साविक विजेता बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूह बि मा रहेको नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा छ । यो समूहमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन् ।

समूह एमा बंगलादेश, पाकिस्तानसँगै भारत रहेको छ । समूह चरणको खेलपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । समूह चरणमा ९ तथा २ सेमिफाइनल र फाइनलगरी साफको सातौं संस्करणमा १२ खेलहरु हुनेछन् ।

सन् २०१० बाट सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल अहिले सम्म उपाधी जित्न सकेको छैन । दक्षिण एसियाली ७ राष्ट्रहरूको सहभागिता रहने प्रतियोगितामा नेपालले ५ पटक फाइनल खेलेर पनि उपाधी विमुख बनेको छ । ६ संस्करणमा २०१६ को चौथो संस्करणमा नेपाल फाइनलमा पुग्न सकेको थिएन ।

सन् २०२२ को छैटौं संस्करणबाहेकको अरु फाइनलमा भारतसँग मात्र ४ पटक हारेको छ । छैटौं संस्करणमा नेपाल बंगलादेशसँग हारेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग राजमार्गका तीन ठाउँमा पहिरो, सडक अवरुद्ध
२०८२ असार ३१, मंगलबार
रातमा देखिने यो लक्षण भिटामिन बी12 को कमीको संकेत हुन सक्छ ?
२०८२ असार ३१, मंगलबार
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न प्राधिकरणको निर्देशन
२०८२ असार ३१, मंगलबार
साम्बालाई कप्तान बनाउने मुख्य प्रशिक्षकलाई सोधियो स्पष्टीकरण
२०८२ असार ३१, मंगलबार
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
२०८२ असार ३१, मंगलबार
राजर्षि जनक विश्वविद्यालयको ३७ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच जना बिरामी
२०८२ असार ३१, मंगलबार