कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

टीआरसी ऐन राजपत्रमा प्रकाशित (पूर्णपाठ)

सरकारले न्याय परिषद्को परामर्शमा तीन सदस्यीय एक विशेष अदालत गठन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ ।

यससँगै ऐन कार्यान्वयनमा आएको छ । संशोधित ऐनमा दफा १ को उपदफा २ मा यो तुरुन्त लागू हुने व्यवस्था छ ।

संघीय संसदको दुवै सदनबाट सर्वसम्मत पारित भएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित गरिएको हो । १० वर्षे माओवादी सशस्त्र विद्रोह अन्त्य भएको १८ वर्ष पुगिसक्दा पनि कानुनको अभावमा पीडितहरु न्याय, क्षतिपूर्ति र परिपुरणबाट बञ्चित भएका थिए ।

ऐन बनेसँगै अब आयोग बन्ने छ । आयोगले उजुरीहरु छानविन गरी यस ऐनबमोजिम गठन हुने विशेष अदालतमा मुद्दा अगाडि बढाउने छ । यद्यपि पीडित र पीडक पक्षबीच मेलमिलापको ढोका पनि खुल्ला राखिएको छ । सरकारले न्याय परिषद्को परामर्शमा तीन सदस्यीय एक विशेष अदालत गठन गर्ने छ । विशेष अदालतका सदस्यहरु न्याय परिषद्को परामर्शमा उच्च अदालतका न्यायाधीशमध्येबाट तोकिने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया