श्रावण २, २०८२ शुक्रबार July 18, 2025

च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु

नेपालमा यो बाहेक १० वटा फार्मबाट डल्ले च्याउ उत्पादन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चितवन  जिल्लाको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ । यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रवार व्यावसायिक डल्ले च्याउको उत्पादन शुभारम्भ गर्दै पालिकासँगै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउने उद्देश्यले वातावरण अनुकूल टनेल निर्माण गरी उत्पादन सुरु गरिएको बताउनुभयो । नगरपालिकाले कृषक र कृषि क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न अनुदान, प्राविधिक, कृषि उपकरणलगायत सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।
नगरप्रमुख रेग्मीले यहाँको उत्पादन मुलुकका प्रमुख सहरमा पुग्ने भएकाले यसलाई थप व्यावसायिक हुँदै उत्पादनमा केन्द्रित योजनाअनुरूप वातावरण अनुकूल टनेल निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार रेन्स्की एग्रो फार्मले डल्ले च्याउ उत्पादन थालेको हो । यसअघि यहाँ पाते च्याउ उत्पादन हुँदै आएको थियो ।
फार्मका सञ्चालक कमल शर्मा सुवेदीले एउटा टनेल १० टन कम्पोस्टको क्षमताको भएको बताउँदै यसबाट १८ देखि २० प्रतिशत च्याउ उत्पादन हुने जानकारी दिनुभयो । “निर्मित १२ वटा टनेलमा ६५ दिनमा करिब २४ हजार किलो च्याउ उत्पादन हुने अनुमान गरेका छौँ । एक वर्षमा छ पटकसम्म उत्पादन गर्न सकिने भएकाले गर्मी मौसमका लागि यो प्रभावकारी मानिएको छ”, उहाँले भन्नुभयो ।
प्रतिकिलो रु चार सयमा डल्ले च्याउ बिक्री हुन्छ । यहाँ उत्पादित ७० प्रतिशत च्याउ चितवनको बजारका साथै काठमाडौँ र मकवानपुरमा बिक्री हुने गर्दछ ।
गर्मी मौसम भएकाले वातावरण अनुकूलित टनेलमा च्याउ उत्पादन गरिएको हो । सुवेदीको भनाइ अनुसार तापक्रम मिलाउन ‘एयर हेण्डलिङ युनिट’ जडान गरिएको छ । “एउटा टनेल निर्माण गर्न रु १९ लाखको हाराहारी खर्च भएको छ भने प्रतिकिलो रु ३२ को कम्पोस्ट मल प्रयोग गरिँदै आइएको छ”, उहाँले भन्नुभयो ।
फार्मले विसं २०७९ पुसदेखि च्याउ उत्पादन थालेको हो । सुरुमा पाते च्याउ उत्पादन गरिएकोमा अहिले डल्ले च्याउको उत्पादन थालिएको सञ्चालक सुवेदीले बताउनुभयो । यसअघि एक सय पाँच टनेलमार्फत पाते च्याउ उत्पादन हुँदै आएको थियो । यो च्याउ चितवन, काठमाडौँ हुँदै मुस्ताङसम्म पुग्दछ ।
मुलुकमा पहिले डल्ले च्याउ बाहिरबाट आउने गरेकामा अहिले यहाँको उत्पादनले धानेको सुवेदीले जानकारी दिनुभयो । नेपालमा यो बाहेक १० वटा फार्मबाट डल्ले च्याउ उत्पादन हुँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार