काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेर १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ७६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५५ रुपैयाँ कायम भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया