असार २२, २०८२ आइतबार July 6, 2025

सीपीएल लिगमा सन्दीपले १ करोड ८ लाख रुपैंया पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने हालसम्मकै धेरै मूल्यमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट खेल्न अनुवन्ध भएका छन् ।

लिग खेल्ने खेलाडीहरुको छनोट गर्नका लागि हिजो भएको ड्राफ्टमा सन्दीपलाई हालसम्मकै धेरै मूल्यमा जमैका तलावाजले अनुवन्ध गराएको हो ।  सन्दीपलाई तलावाजले ९० हजार अमेरिकी डलर करीब १ करोड ८ लाख रुपैयामा अनुबन्ध गराएको हो । यसअघि सन्दीपले दुई पटक सीपीएल खेलिसकेका छन् ।

यस अघि सन्दीपलाई सेन्ट किट्सले ५ हजार अमेरिकी डलर र बार्बाडोसले ७० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको थियो । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् ।

कोरोना भाईरसको महामारीको कारण यस सिजनको सीपीएलको मिति भने तय भएको छैन । तर, आगामी अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा प्रतियोगिता गर्ने प्रस्ताव गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया