श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, ८ अर्बको कारोबार

सबैभन्दा धेरै विन नेपाल लघुवित्त, ग्रिन भेञ्चर, स्र्टन हाइड्रोपावर र रावा इनर्जीका लगानीकर्ताले कमाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साताको अन्तिम कारोबार दिन बिहीबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.१७ अंकले बढेर बन्द भएको छ। पछिल्लो ६ कारोबार दिनदेखि लगातार ओरालो लागेको नेप्से, आज भने बढेर बन्द भएको हो ।

आज नेप्से परिसूचक ७८.१७ अंक बढेर २६६६.३८ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको२४ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको २४ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, ग्रिन भेञ्चर, स्र्टन हाइड्रोपावर र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरे थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार