कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

प्रधानमन्त्री ओलीद्वारा सिताराम यचुरीको निधनमा दुःख व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत समवेदना व्यक्त गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहनुभएका ओलीले यचुरी लोकतान्त्रिक आन्दोलनका अटल समर्थक रहेको र उहाँको बुद्धिमत्ता, नम्रता र जनताप्रतिको अटल समर्थनलाई कहिल्यै पनि भुल्न नसकिने बताउनुभएको हो ।

महासचिव चुचुरीको बिहीबार ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारका क्रममा निधन भएको थियो ।

महासचिव चुरीलाई अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो। उहाँको श्वासप्रश्वास नलीमा गम्भीर संक्रमण देखिएको थियो। सन् १९५२, अगष्‍ट १२ मा चेन्नाइमा जन्मिनुभएका थियो। उहाँ सन् २०१५ देखि कम्युनिष्ट पार्टीको महासचिव हुनुहुन्थ्यो।

यचुरी भारतको राज्य सभामा १२ वर्षसम्म अर्थात् सन् २००५ देखि २०१७ सम्म सांसदको रूपमा कार्यरत रहनुभएको थियो ।

उहाँ बेलाबेलामा नेपाल आइराख्ने नेताहरूमध्ये पर्छन्। २०६२/०६३ को जनआन्दोलनपछिको राजनीतिक संक्रमणकाल र संविधान जारीपछिको भारतीय नाकाबन्दी यी दुई कालखण्डको इतिहासमा नेपालमा सबैभन्दा बढ्ता सम्झिने पात्रमा यचुरी पर्नुहुन्छ । उहाँले नेपालका राजनीतिक घटनाक्रम र नेपाल–भारत सम्बन्धका सवालमा पटक–पटक नेपाल आवतजावत र नेपाली नेताहरूसँग परामर्श गर्नुभएको थियो। उहाँले भारतमा रहेर तत्कालीन संस्थापन पक्षले लगाएको नाकाबन्दीको त्यहीँ बसेर कडा प्रतिवाद गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया