जेठ ७, २०८२ बुधबार May 21, 2025

‘संविधान संशोधन सबैका लागि बहसको विषय बनेको छ’

लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गरेका छन् ।

संविधान दिवस–२०८१ को पूर्वसन्ध्यामा दिएको शुभकामना सन्देशमा पूर्वअध्यक्ष रेग्मीले परिणाममुखी कामले मात्र जनआकाङ्क्षा पूरा हुने भएकाले संविधान लक्षित उद्देश्यतर्फ अघि बढ्न सुझाव दिए । “स्थिरता, जनसहभागिता, प्राप्त हक अधिकारको संरक्षण र समृद्धि संवैधानिक मार्गचित्र भएकाले यसको संवर्द्धन गर्नु आजको लोकतन्त्रको सारभूत विषय हो । हाम्रा सबै क्रियाकलाप यसतर्फ केन्द्रित हुनुपर्दछ”, उनले भने ।

लामो सङ्घर्ष र जनआन्दोलनको कठिनतम प्रयासबाट लोकतान्त्रिक संविधान प्राप्त भएको स्मरण गराउँदै पूर्वप्रधानन्यायाधीश रेग्मीले वीर सहिदको बलिदान, घाइते, अपाङ्गहरूको सङ्घर्षपूर्ण जीवनले जनताको समुन्नत भविष्यका लागि अघि बढ्न घच्घचाइ रहेको स्पष्ट गरे । संविधान संशोधन सबैका लागि चासो र बहसको विषय बनेको उनले उल्लेख गरे ।

पूर्वअध्यक्ष रेग्मीले भने, “अब अलमलिने र अलमल्याउने छुट कसैलाई छैन । आजको प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरूक र सचेत भइसकेका छन् ।” उनले शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्त्वपूर्ण कार्यभार र आवश्यकता भएकाले जनताको जीवनस्तर सुधारमा ध्यान केन्द्रित गर्न सबैलाई सुझाव दिए।

पूर्वप्रधानन्यायाधीश रेग्मीले आज संविधान संशोधनको विषय एजेन्डाका रूपमा सरकार पक्षबाट उठाइएकाले सार्वजनिक चासो र बहसको विषय बनिरहेको उल्लेख गरे । “संविधान दिवसका अवसरमा नेपाली जनताका आकाङ्क्षा र संवैधानिक लक्ष्य सबैको प्राथमिकताको विषय बनोस्, सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उनले भने । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
२०८२ जेठ ७, बुधबार
अक्षयले मागे हेराफेरी : ३ को छाडेको भन्दै परेश रावलमाथी २५ करोड जरिवाना
२०८२ जेठ ७, बुधबार
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
२०८२ जेठ ७, बुधबार
विद्यालय हाताभित्रै सकेट बम भेटिएपछी बालबालिकाको सुरक्षा चिन्ता
२०८२ जेठ ७, बुधबार