असोज २६, २०८१ शनिबार October 12, 2024

कोशीका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत

नेकपा एस समाजबादिका जनाले २ जनाले मतदान गरेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ले बिश्वासको मत प्राप्त गरेका छन् । दुई तिहाइ मत सहित उनले बिश्वासको मत प्राप्त गरेका छन् । विभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ।

त्यस्तै नेकपा एस समाजबादिका जनाले २ जनाले मतदान गरेनन् । आजको सभामा प्रदेश सभाका सदस्य ८३ उपस्थिति रहेका थिए । यस अघि मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते बिश्वासको मत लिएका थिए । गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि आज पुन बिश्वासको मत लिनुपरेको हो ।

कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन् । नेकपा एमालेका ४० ,नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६ नेकपा एकीकृत समाजबादिका ४ र जसपाको एक प्रदेश सभा सदस्य छन् । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली काँग्रेसको सरकार छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया