असार २९, २०८२ आइतबार July 13, 2025

एन्फा महिला फुटबलः एपिएफले कोशी प्रदेशलाई ८–० गोल अन्तरले हरायो

प्रतियोगितामा तेस्रो हार बेहोरेको कोशी प्रदेश १० अङ्कसहित अङ्क तालिकाको पाँचौँ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा  बिहीबार भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित एपिएफले कोशी प्रदेशमाथि ८–० को जित निकाल्यो ।

प्रतियोगितामा यो एपिएफको छैटौँ जित हो । पहिलो खेलमा भने एपिएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

जारी प्रतियोगितामा सात खेलपछि एपिएफले १९ अङ्क जोडेको  छ । प्रतियोगितामा तेस्रो हार बेहोरेको कोशी प्रदेश १० अङ्कसहित अङ्क तालिकाको पाँचौँ स्थानमा छ । एपिएफको जितमा रस्मिकुमारी घिसिङले पाँच गोल गरिन् भने अनिता बस्नेतले दुई तथा अनिता केसीले एक गोल थपिन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी लिगमा विभिन्न १० टोलीको सहभागिता रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार