कार्तिक २९, २०८३ आइतबार November 15, 2026

यस बर्षको बडादशैंको शुभसाइत सार्वजनिक

नवरात्र आरम्भ तथा घटस्थापनको साइत असोज १७ गते बिहीबार बिहान ९:१६ बजे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, असोज ४ गते । वि.सं. २०८१ को बडादशैंको उपलक्ष्यमा गरिने विभिन्न कार्यहरुको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार शुभसाइत सार्वजनिक गरेको छ ।

जस अनुसार नवरात्र आरम्भ तथा घटस्थापनको साइत असोज १७ गते बिहीबार बिहान ९:१६ बजे रहेको छ ।

यसैगरी, असोज १८ गते झण्डा फेर्ने (पश्चिम मोहडा) बिहान ९:१४ बजे छ भने पचली भैरव यात्रा असोज २२ गते मङ्गलबार परेको छ ।

असोज २४ गते बिहीबार फूलपाती, श्री तुलजा भवानी यात्रा बिहान ७:११ बजे, स्थिरासन बिहान ८:४३ मा शुभ साइत रहेको छ । यसैगरी, असोज २५ गते महाष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ ।

असोज २६ गते शनिबार विजया दशमी, देवी बिर्सन बिहान ८:३३ बजे शुभ साइत छ भने टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनु पर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११:३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असोज ४ गते समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल, सदस्य प्राडा देवमणि भट्टराई र अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीद्वारा हस्ताक्षर गरिएको साइतमा सो कुरा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार