असार २९, २०८२ आइतबार July 13, 2025

एन्फा महिला लिगमा पुलिस क्लबको अपराजित यात्रा कायमै

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोिज ५ गते । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।

सातौँ जित निकाल्ने क्रममा शनिबार भएको खेलमा पुलिसले वालिङ नगरपालिकालाई २–० गोलले हरायो । दशरथ रङ्गशालामा भएको खेलमा पुलिसलाई जिताउन दुवै गोल सम्झना लावतीले गर्नुभयो ।

उहाँले ६७औँ र इन्जुरी समयमा गोल गर्दै पुलिसलाई जिताउनुभयो । जितसँगै सात खेलबाट १५ अङ्क बनाएको पुलिस तेस्रो स्थानमा छ । समान खेलबाट वालिङले १२ अङ्क बनाएको छ ।

शनिबार नै भएको अर्को खेलमा संकठा क्लबले सुदूरुपश्चिम प्रदेशलाई ६–० गोलले हरायो । संकटाको फराकिलो जितमा टिमीलोेपे जेनिफरले चार गोल गर्नुभयो । ममता पुन र पूर्णिमा हमालले एक एक गोल थप्नुभयो ।

जितसँगै सात खेलबाट आठ अङ्क बनाएको संकटा छैटौँ स्थानमा छ । सातै खेलमा हार खेपेको सुदूरपश्चिम अन्तिममा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार