असार १३, २०८३ शनिबार June 27, 2026

खानेपानी विवादमा झडप हुँदा डडेल्धुरामा एक बालकको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः डडेल्धुरामा खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर- ६ मा खानेपानीको विषयमा विवाद भई भएको झडपमा परी आलिताल गाउँपालिका- ६ को भौनाका गणेश महरका १२ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले वताए ।

गएराती भएको झडपमा परी घाईते भएका बालकको उपचारका क्रममा धनगढीमा आज शनिवार मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक न्यौपानेले वताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया