असार १३, २०८३ शनिबार June 27, 2026

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्नुहुँदै

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा कार्यक्रम आयोजना हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार १३ गते । मदन भण्डारी फाउन्डेसनद्वारा आयोजना हुन लागेको कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्नुहुने भएको छ ।

फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभामा आयोजना हुने ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा लामो समयपछि ओली र प्रचण्ड एकै मञ्चबाट सम्बोधन गर्नुहुने भएको छ ।

फाउन्डेसनका कार्यवहाक सचिव डा. भेषराज अधिकारीका अधिकारीका अनुसार उक्त कार्यक्रममा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नुहुने छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले उक्त कार्यक्रममा अध्यक्ष ओली जानुहुने जानकारी दिनुभयो । यसैगरी, संयोजक प्रचण्डका सहयोगी गोविन्द आचार्यका अनुसार कार्यक्रममा उहाँ जानुहुने समय तय भएको छ ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ का लेखक रमेश रुछेन राईलाई पुरस्कार तथा सम्मनपत्र प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया