असार १२, २०८३ शुक्रबार June 26, 2026

रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिमा को–को भए निर्वाचित ? (मतसहित)

रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्यको फाइनल सूची हेर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको नतिजाअनुसार राष्ट्रिय खुला, प्रादेशिक तथा विभिन्न समावेशी क्लस्टरतर्फका उम्मेदवारहरू निर्वाचित भएका छन्।

महाधिवेशनबाट प्रत्यक्ष निर्वाचनमार्फत ९९ जना केन्द्रीय सदस्य चयन भएका छन्। यसमा राष्ट्रिय खुला, सातै प्रदेशका प्रादेशिक कोटा तथा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू, पिछडिएको क्षेत्र, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यकलगायत समावेशी समूहबाट उम्मेदवारहरू निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार मतगणना सम्पन्न भएपछि सबै क्लस्टरको अन्तिम नतिजा सार्वजनिक गरिएको हो। अब निर्वाचित ९९ सदस्यसँगै पार्टी सभापति, सभापतिले मनोनीत गर्ने ५१ सदस्य र सातै प्रदेशका प्रदेश सभापति (पदेन/आमन्त्रित) सहित १५८ सदस्यीय केन्द्रीय समिति पूर्ण हुनेछ।

रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सम्पन्न गर्दै अब नवगठित केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी चयन, संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशाबारे निर्णय गर्ने तयारी गरेको जनाएको छ।

निर्वाचन समितिले राष्ट्रिय खुला, प्रादेशिक तथा समावेशी सबै क्लस्टरतर्फ विजयी उम्मेदवारहरूको नाम र प्राप्त मतसमेत सार्वजनिक गरेको छ।

सूची हेर्नुहोस्ः

   

  

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया