असार १३, २०८३ शनिबार June 27, 2026

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको विषय राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाटन (ललितपुर), असार १२ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताउनुभएको छ ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध अन्तरराष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको विषय राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

“नीति निर्माणमा सहभागी हुनेहरूले लागुऔषधको समस्याका बारेमा विभिन्न कोणबाट थाहा पाउनुपर्छ, हामीले सदनमा बसेर सुधारका लागि काम गर्नुपर्छ, यो अत्यन्तै ठूलो सरोकारको विषय हो”, सभापति थापाले भन्नुभयो । उहाँले सरकारमा नहुँदा लागुऔषध दुरूपयोग र अवैध ओसारपसारविरुद्ध काम गर्नका लागि क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, सशस्त्र भूमिगत समूहका पूर्वसदस्य भाजु राउत कुर्मी, रिकभरिङ्ग नेपालका सदस्य यमकला राई र अभियान्ता विवेक कर्णले लागुऔषध रोकथामका लागि सरकार, समुदाय र व्यक्ति मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्वलागुऔषध प्रयोगकर्ता राजकुमार तामाङले लागुऔषध प्रयोगका कारण आफ्नो जीवनमा पारेको नकारात्मक प्रभाव, लागुऔषध प्रयोगकर्ता हुँदा नशा र कुलतको क्षणिक आनन्दमा फसेर गुमाएको समय, परिवारमा पारेको नकारात्मक प्रभाव, समाजमा परेको समस्याका बारेमा आफ्नो दुःखदायी र पीडादायी अनुभव प्रस्तुत गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ असार १३, शनिबार
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
रास्वपा सहमहामन्त्रीमा शाह, ढकाल र डाँगी विजयी
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार