श्रावण ५, २०८२ सोमबार July 21, 2025

सडक सुरक्षा र महँगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण

चाडपर्वहरुमा आमनागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न एमालेको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज ११ गते । सत्तारुढ दल नेकपा (एमाले)ले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरु मनाउँदा जनताको हर्ष उल्लासमय वातावरणमा सहयोग पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएको हो । चाडपर्वहरुमा आमनागरिकलाई सहज यात्रा, सहज खाद्यान्न आपूर्ति र व्यवस्थापन गर्न एमालेले माग गरेको छ ।

नेकपा (एमाले)को तर्फबाट केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले दिएको ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरुबारे घच्घच्याएकोमा खुशी प्रकट गर्नुभयो । उहाँले सरकारको तर्फबाट नागरिकलाई सेवा पुर्‍याउने काममा कुनै कमजोरी नगर्ने प्रतिवद्धता जनाउँदै सरकार खाद्य सुरक्षा, सडक र यातायात व्यवस्थापनमा लागिपरेको बताउनुभयो ।

‘‘नेपाल सरकारलाई चाडपर्वको मुखमा गर्नुपर्ने कार्यहरुलाई सम्झाउन र घच्घच्याउनका लागि तपाईंहरुले पत्र दिनुभएको छ । यो प्रोसेसमा सरकारको तर्फबाट प्रक्रिया अघि बढाउने काम हामी गर्नेछौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘यात्रामा सहज होस्, बाटोघाटो सहज होस् भन्नुभएको छ । हाम्रो भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यु खाल्डो पुर्ने भनेर लागिरहनुभएको छ । स्पेशल बस सर्भिसको लागि यातायाता व्यवसायीहरुसँग कुरा गरेर काम भइरहेको छ । बजारमा गुणस्तरयुक्त सामग्री र खाद्यान्नमा निरीक्षण र अनुगमन गर्ने कुरामा हामी लागेका छौँ ।’’

ज्ञापनपत्र बुझाउने क्रममा नेकपा (एमाले)का नेता एवम् केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले नेपाली जनताका महान पर्वहरु विजयादशमी, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडहरु धमाधम आइरहेको भन्दै जनताले धुमधामसँग मनाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

दसैँ र तिहारमा सङ्घीय राजधानी काठमाडौँबाट र देशका मुख्य शहरहरुबाट अत्याधिक रुपमा गाउँ फर्किने भएकाले तत्काल सडक मर्मत गर्न आग्रह गर्नुभयो । यातायातको साधन अभाव हुन नदिन वैकल्पिक उपायको समेत बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सुरक्षा प्रबन्धको निम्ति ठाउँठाउँमा प्रहरी र यातायातको सहज व्यवस्थापनको निम्ति ट्राफिकको यथोचित परिचालन गर्न पनि माग गर्नुभयो ।

एमालेले चाडवाड मनाउन गाउँ फर्किनेहरुका लागि यातायातको सहज व्यवस्थापन गर्न,  सडकका होटलहरुमा पाइने खाना खाजाहरु स्वस्थ एवम् गुणस्तरीयताका लागि अनुगमनलाई प्रभावकारी बनाउन र चाडपर्वहरुमा हुनसक्ने कालोबजारी र महँगी आदिको नियन्त्रण गर्न  तथा गुणस्तरीय र सुपथ मूल्यका पसलहरु देशभर जनपहुँचका ठाउँहरुमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार