असार २२, २०८२ आइतबार July 6, 2025

मेस्सीको कीर्तिमानीमा बार्सिलोनाको जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले जित निकालेको छ ।

गए राति भएको खेलमा रियल भालाडोलिडलाई १ – ० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले साँघुरो जित निकालेको हो ।

बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

भिडालको गोलमा अस्सिट गरेसँगै मेस्सीले एकै सिजन २० गोल र गोलका लागि २० अस्सिट गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए । जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ ।

एक खेल कम खेलेको रियलको ८० अंक छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया