श्रावण ५, २०८२ सोमबार July 21, 2025

रास्वपाद्वारा उद्धार कार्यमा खटिन पार्टी सदस्यहरुलाई निर्देशन

उद्धारका नाममा कसैसँग राहत तथा पैसा उठाउने काम नगर्न र नगराउन पार्टी पङ्क्तिलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको उद्धार कार्यमा खटिन पार्टी सदस्यहरूलाई निर्देशन दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य, संसदीय दलका सदस्य, प्रदेश, जिल्ला समिति तथा ‘र्यापिट टिम’को आज बसेको संयुक्त बैठकले देशभर अविरल वर्षाका कारण उत्पन्न विपद्को परिस्थितिमा उद्धार कार्यमा खटिन आफ्ना सबै तहका सदस्यहरुलाई आठ बुँदे निर्देशन जारी गरेको हो।

आफूले गरिरहेको कामका बारेमा सम्बन्धित निकायलाई सूचित गर्न सुझाव दिँदै अनावश्यक प्रचारबाजी नगर्न सूसुचितसमेत गराएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । “देशमा आपत् परेको बेला हामीले आफ्नो लागि युनिफर्म खोजिरहने होइन, जिम्मेवार नागरिकका रूपमा उद्धार कार्यमा खटिनु पर्र्छ”, पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उद्धार कार्यमा संलग्न हुँदा आफ्नो सुरक्षालाई पनि ध्यान दिन आग्रह गर्दै रास्वपाले सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर आफूले जानेको र सक्ने तवरले उद्धार कार्यमा लाग्न निर्देशन दिएको हो । कार्यवाहक प्रवक्ता झाले उद्धारका नाममा कसैसँग राहत तथा पैसा उठाउने काम नगर्न र नगराउन पार्टी पङ्क्तिलाई निर्देशन दिएको बताउनुभयो । यस्तै सबै जिल्लामा भइरहेको समन्वय र सहयोगको कार्यबारे स्थानीय प्रशासनलाई जानकारी गराउन निर्देशन दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार