असार २५, २०८२ बुधबार July 9, 2025

राष्ट्रपति पौडेल असोज २१ गते बाजुरा भ्रमणमा जाँदै

सेनाको हेलिकप्टर मार्फत राष्ट्रपति पौडेल असोज २१ गते बाजुरा आउने कार्य तालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति रामचन्द्र पौडेल असोज २१ गते बाजुरा आउनुहुने भएको छ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटेश्वरी मन्दिरमा निर्माण गरिएको भवनको उद्घाटन गर्न राष्ट्रपति पौडेल बाजुरा आउन लाग्नुभएको हो।

राष्ट्रपति बन्नु भएपछि पहिलो चोटी बाजुरा आउन लाग्नुभएका राष्ट्रपति पौडेलले सोही अवसरमा सुदूरकै भू-स्वर्गका रुपमा परिचित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको अवलोकन तथा दर्शन गर्ने कार्यक्रम पनि तय गरिएको छ । त्रिवेणी नगरपालिकाको निमन्त्रणामा राष्ट्रपति पौडेल बाजुरा आउन लाग्नुभएको हो ।

बडीमालिकाको दर्शनसँगै पर्यटकका लागि निर्माण गरिएको नाटेश्वरी मन्दिरको समुद्घाटनका लागि बाजुरा आउने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भ्रमण तालिका तय भई उद्घाटनको सम्पूर्ण तयारी थालिएको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताउनुभयो।

नेपाली सेनाको हेलिकप्टर मार्फत राष्ट्रपति पौडेल यही असोज २१ गते बाजुरा आउने कार्य तालिका रहेको राष्ट्रपति कार्यालयका प्रेस संयोजक खिलराज कार्कीले जानकारी दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार