असार ३०, २०८२ सोमबार July 14, 2025

फोहोरबाट आम्दानी गर्दै महाकाली प्रादेशिक अस्पताल

मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहोरबाट आम्दानी गर्न थालेको छ । अस्पतालबाट उत्पन्न हुने फोहोर बिक्री गरेर अस्पतालले आम्दानी गरिरहेको छ ।

अस्पतालले प्रयोग गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोतल, तथा पन्जालाई आम्दानीमा बदलेको छ । महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले फोहोरलाई आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको बताउनुभएको छ ।

अध्यक्ष भट्टका अनुसार अस्पतालबाट निस्किने फोहोर सङ्कलन र निर्मलीकरण गरेर फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने वस्तु छुट्याउने गरिएको जनाउनु भएको छ ।

महाकाली प्रादेशिक अस्पतालमा मासिक करिब आठ क्विन्टल फोहोर उत्पादन हुने गरेको र सो फोहर बिक्री गरेर मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी गरिरहेको छ । कृष्ण साउद

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया