कार्तिक २४, २०८१ शनिबार November 9, 2024

पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १७ असोजः नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
आज यहाँ आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
सो अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इण्डियन आयल कर्पोरेसनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेको नेपाल निगमले जनाएको छ ।
सम्झौता अनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको ‘स्मार्ट ग्रिनफिल्ड टर्मिनल’ निर्माण हुनेछ ।
पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर - onlinepatrika.com  - News of Nepal, latest and breaking news from Nepal | अनलाइन पत्रिका |  समावेशी खबर – आवाजको ...यस्तै, अमलेखगञ्जबाट चिवनको लोथरसम्म ६२ किमी लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने जनाइएको छ । लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ । ती आयोजनाको कुल लागत रु १५ अर्ब बराबर रहेको निगमले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा ती आयोजना अगाडि बढाउने सहमति भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आइसिसी यु–१९ महिला टि–२० विश्वकप छनोटको तेस्रो खेलमा युएई विजयी
२०८१ कार्तिक २४, शनिबार
पाकिस्तानको क्वेटामा भएको विस्फोटमा २० जनाको मृत्यु, ५३ घाइते
२०८१ कार्तिक २४, शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
२०८१ कार्तिक २४, शनिबार
परिणाममुखी काम गर्न प्रतिबद्ध छु : स्वास्थ्यमन्त्री पौडेल
२०८१ कार्तिक २४, शनिबार
सरकार गठनको आधार सातबुँदे अनुसार काम भएन : डा. शेखर कोइराला
२०८१ कार्तिक २४, शनिबार
यी हुन् स्थानीय तह उपनिर्वाचनमा एमालेका उम्मेदवारहरु (सूचीसहित)
२०८१ कार्तिक २४, शनिबार
यस वर्षको रामजानकी विवाह पञ्चमी महामहोत्सवको तयारी सुरु
२०८१ कार्तिक २४, शनिबार