असार ३०, २०८२ सोमबार July 14, 2025

सिन्धुलीमा स्क्रब टाईफस र डेंगुका विरामी बढ्दै

डेंगुबाट ३८ जना महिला र ४९ जना पुरुष संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिन्धुलीमा स्क्रव टाईफस र डेंगुका विरामी बढेका छन । स्क्रव टाईफस र डेंगुबाट कमलामाई नगरपालिका र दुधौली नगरपालिका बढी प्रभावित देखिएको छ ।

जिल्लामा हालसम्म स्क्रव टाईफसका ८१ जना र डेंगुका ८७ जना विरामी फेला परेका छन । विहिबारमात्रै जिल्लामा ५ जना स्क्रव टाईफस र ६ जना डेंगुका विरामी फेला परेका छन ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार डेंगुबाट ३८ जना महिला र ४९ जना पुरुष संक्रमित छन । कार्यालयका सूचना अधिकारी एवम ल्याव टेक्निसियन गंगाराम कार्कीका अनुसार डेंगुबाट कमलामाई नगरपालिकाम २२ जना, दुधौली नगरपालिकामा ५५ जना, तीनपाटन गाउँपालिकामा ३ जना, फिक्कल गाउँपालिकामा १ जना, सुनकोशी गाउँपालिकामा १ जना र मरिण गाउँपालिकामा ५ जना संक्रमित फेला परेका छन ।

कार्कीका अनुसार स्क्रब टाईफसबाट कमलामाई नगरपालिकामा १२ जना, दुधौली नगरपालिकामा ४५ जना, तीनपाटन गाउँपालिकामा १७ जना, सुनकोशी र गोलञ्जोर गाउँपालिकामा १–१ जना, मरिणमा २ जना, हरिहरपुरगढीमा ३ जना संक्रमित भएका छन ।

डेंगु लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।

यस्तै स्क्रव टाईफस मुसामा लाग्ने किर्ना जस्तो किरा (माईट) को टोकाईबाट मानिसमा सर्दछ । माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट यो रोग सर्ने कार्कीले बताए । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया